Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

आठ महिनापछि आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य, कति थपिए संक्रमित ?


नेपालमा आठ महिनापछि कोभिड १९ बाट मृत्यु हुनेको संख्या शून्य भएको छ । नेपालमा चैतपछि पहिलो पटक कोभिड १९ का कारण मृत्यु हुनेको संख्या शून्य भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २४६ जना कोभिड संक्रमित थपिएका छन् । ७ हजार ८३६ वटा नमूनाको परीक्षण गर्दा २४६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज ३४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार