Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

भागबण्डामा मुस्किल भएपछि वागमतीमा फुटाइयो मन्त्रालय


भाग पु¥याउन हम्मे हम्मे भएपछि बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या ८ बाट १४ पु¥याएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुलाई समेट्न नसकेपछि प्रदेश सरकारले मन्त्रालयकै संख्या बढाएको हो ।
नेपाल राजपत्रमा मन्त्रालयको संख्या बढाइएको विषय प्रकाशित छ । अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी ऊर्जा तथा सिंचाइ, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, युवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय रहने छन् ।
हाल बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र साझेदार छन् भने प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले गरेका छन ।


प्रतिक्रिया दिनुहोस !
विचार