वन्यजन्तु संरक्षण विभाग तथा राष्ट्रिय निकुञ्जले बाघ गणना थालनी गर्ने भएको छ । आइतबारदेखि चितवन राष्ट्रिय निकुञ्जको सौराहाबाट गणना सुरु हुदै छ । सन् २०२१मा नै बाघ गणना गरिने भए पनि कार्यक्रमको नाम ‘राष्ट्रिय बाघ गणना २०२२’ दिइएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छन भने सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा पाइन्छ ।
गत चैतको गैंडा गणनामा खटिएका गणकलाई हात्तीले आक्रमण गरेर घाइते बनाएपछि यो पटकको बाघ गणनामा प्राविधिकको सुरक्षापाटोलाई विशेष ध्यान दिइने भएको छ । विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले हात्ती, बाघ र गैंडाले गणनामा खटिएका प्राविधिकलाई जतिबेलै आक्रमण गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइने बताए ।





