Logo
१० असार २०८३, बुधबार
|  Thu Jun 25 2026

बेलायतमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै, लगाइयो यस्ता प्रतिवन्ध


बेलायतले कोरोना भाइरसको बढ्दो संक्रमण र विस्तारलाई रोक्न बेलायतबाट प्रस्थान गर्नुअघि अनिवार्य रुपमा कोरोनाको परीक्षण गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ । यात्रुहरुका लागि लगाइएको नयाँ नियम आगामी मंगलबार देखि लागू हुने बेलायती स्वास्थ्य मन्त्री सापित जाभेदले बताए ।

बेलायतबाट प्रस्थान गर्नुअघि दुई दिन भित्रमा १२ वर्षभन्दा माथिका सबैले कोरोना परीक्षण गर्नुपर्नेछ । यस अघि बेलायत आउँदा कोभिड नेगेटिभ भएमा २ दिन सेल्फ आइसोलेसनमा बसे पुग्ने व्यवस्था थियो ।

बेलायतले यात्रा प्रतिबन्ध लगाएका दक्षिण अफ्रिका सहितका ७ मुलुक रहेकोमा अब नाइजेरिया पनि खतराको सूचीमा थप भएको छ । नाइजेरियाबाट आउने नागरिकले अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

नाइजेरियाबाट आउने २१ जना यात्रुमा ओमिक्रोन संक्रमण भएको फेला परेपछि प्रतिबन्ध कडाई गरिएको हो । बेलायतमा हालसम्म १ सय २९ जनामा ओमिक्रोन संक्रमण भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार