Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

प्रसव व्यथाबाट गम्भीर महिलाको हेलिकोप्टरबाट उद्धार


सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिका–२ की ३० वर्षीया शान्ता विकलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरी काठमाडौं पठाइएको हो।

उनलाई चिकित्सकले दिएको बच्‍चा जन्मने समयभन्दा अगाडि नै व्यथा लागेपछि स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो। जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि उनको उद्धारका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको डा सवन कोइरालाले बताए।

अस्पातलबाट प्राप्त पत्रका आधारमा जिल्ला प्रशासनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, सिंहदरबारलाई हेलिकोप्टरको व्यवस्थाका लागि सिफारिस गरेको र मन्त्रालयले हेलिकोप्टर व्यवस्था गरेपछि आइतबार बिहान ९ बजे दिक्तेलस्थित हेलिप्याडबाट उद्धार गरी काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए


प्रतिक्रिया दिनुहोस !
विचार