नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर-१ को पदाधिकारीको मतगणना पुनः गर्न माग गरिएको छ । दुई मतले पराजित गुरु घिमिरेले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गरेका हुन् ।
संस्थापनइतर समूहबाट उठेका घिमिरेले संस्थापन–सिटौला पक्षका उमेदवारसँग पराजित भएका हुन् । मत परिणाममा चित्त नबुझेकोले पुनः मतगणनाको लागि निवेदन दर्ता गराएको घिमिरेले बताए । महामन्त्रीमा संस्थापनइतरका उमेश थापाबाहेक अरू पदाधिकारीमा संस्थापनका उमेदवार निर्वाचित भएका छन् ।
नेविसंघको पूर्वअध्यक्ष समेत रहेका घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन् भने सभापतिमा विजयी बनेका थापाले ८ सय ४४ मत पाएका छन् ।





