Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

सत्ता गठबन्धन राष्ट्रियसभा निर्वाचनसम्म मात्रै हो : प्रधानमन्त्री


प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन राष्ट्रियसभा चुनावसम्मका लागि मात्रै रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान सञ्चारकर्मीसँगको छलफलको क्रममा देउवाले राष्ट्रियसभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको बताए ।

‘अहिलेको गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै हो । त्यसपछि गठबन्धन कायम गर्ने–नगर्ने भनेर छलफल भएको छैन’ प्रधानमन्त्री देउवाले भने । आउँदो माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने कार्यातालिका निर्वाचन आयोगले तय गरेको छ ।

राष्ट्रियसभाका २० सदस्यको पदावधी आउँदो फागुन २० गते सकिँदैछ । २० सदस्यमध्ये एकजना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि माघ १२ मा चुनाव हुनेछ । यसैबीच देउवाले आफू फेरि एकपटक पार्टीको विधान बमोजिम सभापति बन्न चाहेको पनि बताएका छन् । सभापतिमा निर्वाचित भएमा राम्रो काम गर्ने दाबी उनको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार