Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

गोली लागेर तनहुँमा एक युवकको मृत्यु


गएराति तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १७ वर्षीय रोहित मल्ल रहेका छन् ।

शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार