Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

सभापतिमै दाबीका साथ अघि बढे प्रकाशमान, खोले सम्पर्क कार्यालय


नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिएसँगै शीर्ष नेताहरुले दौडधुप बढाएका छन् । आसन्न महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन्।

आज बिहान एक कार्यक्रम गर्दै नेता सिंहले सम्पर्क कार्यालय सञ्चालन गरेका हुन्। उनले सिंहदरबारअगाडि रहेको यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन्। उनले यही कार्यालयबाट नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने उनको सचिवालयले जनाएको छ।

सिंहको सम्पर्क कार्यालय उद्घाटन समारोहमा केन्द्रीय सदस्य राजन केसी, काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर सभापति जितेन्द्र श्रेष्ठलगायत उपस्थित थिए।

सभापति पदमा साझा उमेदवार तय गर्ने बारे छलफल गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय समिति बैठक बस्दै छ। बैठक दिउँसो एक बजे बस्ने तयारी छ।


प्रतिक्रिया दिनुहोस !
विचार