Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

मोटरसाइकल चोरी गर्ने गिरोह सार्वजनिक


महानगरिय ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने सात जनाको समूहलाई सार्वजनिक गरेको छ । महाशाखाले आज पत्रकार सम्मेलन गरेर विभिन्न समयमा मोटरसाइकल हराएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

सो समूहले चोरीका मोटरसाइकलमा विभिन्न पाटपूर्जा परिवर्तन गरेर प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीले सवारी चेकजाँचका क्रममा चोरीका मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता सञ्जिवदास शर्माले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार