Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

कोरोना विरुद्धको खोप लगाएकी महिलाको कोरोना संक्रमणबाट मृत्यु


कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौंडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ। हेटौं‌डा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन्। उनलाई कारोना सङ्क्रमण हुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ


प्रतिक्रिया दिनुहोस !
विचार