Logo
१२ असार २०८३, शुक्रबार
|  Fri Jun 26 2026

कक्षा १२ को प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै वितरण गरिने


राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को प्रमाणपत्र स्कुलबाट दिने व्यवस्था गरेको छ। कोभिड-१९ को जोखिम कायमै रहेको भन्दै यसपालि पनि बोर्डले विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयबाटै प्रमाणपत्र दिन लागेको हो।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले सम्बन्धित विद्यालयबाट नै विद्यार्थीले प्रमाणपत्र लिन सक्ने बताए। ‘हामीले गत वर्षदेखि नै यस्तो व्यवस्था गरेका हौँ। यो वर्ष पनि विद्यार्थी बोर्डमा धाउनु पर्दैन’, उनले भने।

उनका अनुसार नतिजा प्रकाशित भएको एक हप्तामा सबै शैक्षिक प्रमाणपत्र विद्यार्थीले पाउनेछन्। यसका लागि दस्तुर पनि सम्बन्धित विद्यालयमा बुझाउन सकिनेछ।


प्रतिक्रिया दिनुहोस !
विचार