कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका शाहीले कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । कर्णाली प्रदेशको भुगोल कोटाबाट उम्मेदवारी दिने शाहीले बताए । शाही यसअघिका महाधिवेशनबाट लगातार तीन कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन् ।
उनी कांग्रेस हुम्लाको संस्थापक सभापति हुन् । शाही २२ वर्षको उमेरमा कांग्रेसको हुम्लाको पहिलो सभापति बनेका थियो । त्यस्तै, २६ वर्ष लगातार जिल्ला सभापति भएर काम गरेका शाही ११ औं, १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य भएका थिए ।
यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ । मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।





