Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

कांग्रेस महाधिवेशनका लागि धमाधम काठमाडौं आउँन थाले प्रतिनिधि


नेपाली कांग्रेसको १४ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरु काठमाडौँ आउने क्रम सुरु भएको छ । यही मंसिर २४ गतेबाट सुरु हुन लागेको महाधिवेशनका लागि प्रतिनिधीहरु काठमाडौं आउने क्रम शुरु भएको हो । कांग्रेसको महाधिवेशन २४ देखि २७ गते सम्म काठमाडौँको भृकुटीमण्डपमा हुदैछ ।
महाधिवेशनका लागि गठित भोजन तथा आवास समितिले भने मंसिर २३ गतेदेखि मात्रै प्रतिनिधिलाई बसोबासको व्यवस्थापन गर्नेछ । भोजन तथा आवास समितिले दिएको जानकारी अनुसार बसोबासका लागि ठमेल, सुन्धारा र गौशालामा महाधिवेशन प्रतिनिधिलाई होटल बुकिङ गरिएको छ ।
करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधिका लागि अहिलेसम्म ३८ सय बेड बुकिङ भइसकेको बुझिएको छ भने बाँकीका लागि बुकिङ गर्ने तयारी भइरहेको छ । खानाका लागि भने यसअघि कांग्रेसले कार्याक्रम गर्ने गरेका बसुन्धाराको दियालो फुडल्याण्ड र बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिलाई बिहान र बेलुकी खाना खुवाउने बताइएको छ ।
भोजन र आवास गरेर साढे ३ करोड खर्च हुने अनुमान गरेको कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन भने नगर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार