Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

कांग्रेस पौडेल पक्षको बैठक सुरु, आजै प्यानल घोषणाको तयारी


कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक गौशाला स्थित अनुपम फुडल्याण्डमा सुरु भएको छ । केहिबेर अघि सुरु बैठकमा नेताहरु चन्द्र भण्डारी,जीवन परियार र रामशरण महत, जिल्ला सभापति ,निवर्तमान जिल्ला सभापति ,प्रदेश सभापति,प्रदेशमा उम्मेदवार बनेकाहरु र केन्द्रीय सदस्यहरु सहभागी छन् ।

१४औँ महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउन नेताहरु यतिबेला दबाबमा छन् । संस्थापनइतरबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा। शेखर कोइरालाले आफ्नो अडान कायमै राखेका छन् ।

यता सभापति शेरबहादुर देउवा पनि आफूनिकट नेताहरुसँग छलफलमा छन् । उनले पनि आजै आफ्नाे प्यानल सार्वजनिक गर्ने तयारीमा छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार