Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

पौडेल गुटको भेलामा सभापतिका आकांक्षीहरुलाई प्रवेश निषेध, पौडेल पनि बाहिरिए


महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा अस्थित्वमा रहेका तीनै समूह आन्तरिक छलफलमा जुटेका छन् । सभापतिको साझा उम्मेदवार टुंगो लगाउन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदरवार तय गर्ने र त्यसपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको पनि टुंगो लगाउने बताइएको छ । बैठकमा सहभागी भएका वरिष्ठ नेता पौडेल केहीबेरमै बाहिर निस्केका छन् ।

बैठकस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले सभापतिका दाबेदारहरू यो बैठकमा सहभागी नहुने बताए । उनले सभापतिका आकांक्षी बाहेकका नेताहरू बैठकमा रहेको र उनीहरूले लिने निर्णय आफूहरूले मान्ने बताए ।

बैठकमा रामशरण महत, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, गगन थापा, दिलेन्द्र बडू, चित्रलेखा यादव लगायत नेताहरू उपस्थित छन् । सभापतिका आकांक्षीहरू शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह सुरुदेखि नै बैठकमा गएनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार