प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा जारी कांग्रेस नेताहरुको बैठकमा पत्रकारलाई प्रवेश दिइएको छैन। कांग्रेसको आसन्न महाधिवेशनका लागि उम्मेदवार छनोट गर्न देउवाले आफूपक्षीय नेताहरुलाई बुधबार निवासमा बोलाएका हुन्।
उक्त बैठकबारे समाचार संकलन गर्न गएका पत्रकारहरुलाई देउवा निवासमा प्रवेश गर्न दिइएको छैन।बैठकमा देउवापक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, संस्थापनपक्षका नेता कार्यकर्ता सहभागी छन्।
बैठकबाट आगामी महाधिवेशनका लागि पदाधिकारीको उम्मेदवार छान्ने तयारी देउवाले गरेका छन्।





