नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यको बैठक बसिरहेको छ। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका केन्द्रीय सदस्यहरुको बैठक बसिरहेको हो।
कानुन मन्त्रीसमेत रहेका नेता दिलेन्द्र बढुले बैठकबाट एकल सभापतिको उम्मेदवार तय हुने बताए। संस्थापन इतरले केही दिन यता साझा उम्मेदवार तय गर्ने प्रयास जारी राखेको छ। मंगलबार र बुधबार लगातार छलफल गरेपनि आकांक्षीहरुबीच सहमति जुट्न नसक्दा साझा उम्मेदवार तय हुन सकेको छैन।
संस्थापन इतरपक्षले आज साझा उम्मेदवार चयन गर्ने बताएको छ। वरिष्ठ नेता रामचन्द्र पौडैलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला इतरपक्षबाट सभापतिका आकांक्षी रहेका छन्। शीर्षै नेताले उम्मेद्वार तय गर्न नसकेपछि युवा पुस्ताले उम्मेद्वार चयनमा हस्तक्षेप गर्ने तयारी गरेका छन् ।





