Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

आचारसंहित विपरीत कांग्रेस नेताहरूका प्रचार सामग्रीले ढाकियो भृकुटीमण्डप


नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलिदेखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ । भोलि उद्घाटन हुने १४औँ महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ । अहिले नेताहरू उम्मेदवारी घोषणा गर्दै आचारसंहिता विपरित प्रचार प्रसारमा लागेका छन् ।

तर कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डप वरिपरि आचारसंहित विपरीत उम्मेदवारका प्रचार सामग्री राखिएका छन् । उम्मेदवारका प्रचार सामग्रीहरूले महाधिवेशन स्थल भृकुटीमण्डप ढाकिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आचारसंहिता अनुसार महाधिवेशन आयोजना स्थलभन्दा पाँच सय मिटर वरिपरि प्रचार सामग्री राख्न पाइँदैन । आचारसंहितामा ब्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्प्लेट टाँस्न नपाइने उल्लेख छ । तर, भृकुटीमण्डपको मुख्य गेटदेखि भित्रैसम्म उम्मेदवारका तस्वीर अंकित प्रचार सामग्रीहरू राखिएका छन् ।

दुबै पक्षमा सभापति र पदाधिकारीको टुंगो नलागेकोले प्रचार प्रसारमा केन्द्रीय सदस्यहरु मात्र जोडतोडले लागेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार