Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

देउवालाई पौडेलले पठाए यस्तो सन्देश


नेपाली कांग्रेस वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडे‍ल सहभागी नहुने भएका छन् । सभापति शेरबहादुर देउवाले पदाधिकारी थप्ने निर्णय गर्न लागेकोप्रति आपत्ति जनाउँदै पौडेलले बैठक बहिष्कार गरेका हुन् ।

आफूलाई बैठकको निम्ता गरेका कांग्रेस मुख्यसचिव कृष्ण पौडेलमार्फत पौडेलले देउवालाई आपत्ति सन्देश पठाउँदै बैठकमा सहभागी नहुने बताएका हुन् । नेताहरूको व्यवस्थापनका लागि कांग्रेसमा दुई सहमहामन्त्री थप्ने प्रस्ताव आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने तयारी छ । तर, विधान स‌ंशोधन गरेर पदाधिकारी थप्ने तयारीप्रति पौडेलले आपत्ति जनाएका हुन् ।

बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालयमा नेताहरू भेला हुँदैछन् । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा सानेपा पुगिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार