नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । .कांग्रेसलाई विधि विधान अनुसार चलाउन सभापतिमा आफ्नो दाबी कायमै रहेको सिंहले बताएका हुन् ।
काठमाडौंमा नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४ औं महाधिवेशनमा सभापति पदमा आफूले दाबी प्रस्तुत गर्नुका अनेकन कारण खुलाए । पार्टाीलाई जनताले भरोसा गर्न योग्य बनाउन पनि आफुले उम्मेद्धारी दिने सिंहको भनाई रहेको छ ।
संस्थापनइतर समुहबाट सभापतिका आकांक्षीहरु धेरै हुँदा उम्मेदवारी टुङगो लगाउन नेताहरुलाई कठिन भएको छ । संस्थापनइतरबाट नेता सिंह सहित वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री डा.शशांक कोइराला र केन्द्रिय सदस्य शेखर कोइराला सभापति पदका दाबेदार छन् ।





