आफ्नो समूहबाट सभापतिको साझा उम्मेद्वार चयन गर्न नसकेपछि रामचन्द्र पौडेल निरास छन् । उनी हिजो पार्टी कार्यलयमा भएको केन्द्रीय कार्यसमिति बैठकमा पनि उपस्थित भएनन् । आजसम्म पनि सहमति नजुट्दा उनी कांग्रेसबाट अलग हुने भन्दै महाधिवेशनमा सहभागी नहुने तयारीमा छन् ।
यता सभापतिका उम्मेदवार विमलेन्द्र निधिले वरिष्ठ पौडेललाई फोन कुनैपनि हालतमा उपस्थित हुन आग्रह गरेका छन् । सो क्रममा निधिले पार्टीका शीर्ष नेता उद्घाटन समारोहमा सहभागी हुनुपर्ने भन्दै सम्मानित नेता पौडेलको सहभागिता जरुरी रहेको बताए ।
नेता निधिले सभापति देउवा तयार भए आफू रामचन्द्रलाई सर्वसम्मत सभापति बनाउन तयार रहेको प्रतिक्रिया पनि दिएका छन् । कांग्रेस महाधिवेशन केही समयमा भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।





