Logo
२२ भाद्र २०८३, सोमबार
|  Mon Sep 7 2026

रमेश खरेलद्वारा ‘नेपाल सुशासन पार्टी’ घोषणा, सुशासन प्रमुख एजेन्डा


नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन्। आज शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वडीआईजी खरेलले ‘नेपाल सुशासन पार्टी’ घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताए ।

पूर्वडीआईजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए।

उनले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ । हामी यसरी नयाँ पार्टीको हिसाबले स्थापित हुन बाध्य भयौँ । देशमा समृद्धि भएको छैन । राजनीति गर्नेहरूलाई म राजनीतिक पेसाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौँ ।’

खरेलले सेवा गरेर मेवा खाने नभइ सेवामात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए। उनले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर नागरिकलाई धोका नदिने गरी काम गर्ने प्रतिबद्धता पनि जनाए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार