Logo
२१ भाद्र २०८३, आईतवार
|  Sun Sep 6 2026

पौडेल र कोइरालालाई फकाउन देउवा रातभर व्यस्त


नेपाली कांग्रेसको आगामी कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राति वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन्। राति नै उनले आफ्नो दुतमार्फत शशांक कोइरालाई पनि फकाउने प्रयास गरेका छन् ।

संस्थापन इतर समूहमा एकै उम्मेदवार बनाउने विषयमा सहमति हुन नसकेपछि सभापति पदको प्रतिस्पर्धाबाट बाहरिएका वरिष्ठ नेता पौडेललाई भेट्न देउवा उनकै निवास पुगेका थिए । पौडेलका प्रेस सहयोगी खिला कार्कीका अनुसार त्यस क्रममा देउवाले पौडेललाई राजनीतिबाटै बाहिरिने कुरा नगर्न आग्रह गरेका छन्।

जवाफमा पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त आदर्शविपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर आफू यसबाट अलगिएको बताए। साथै देउवालाई उनले कांग्रेसलाई कांग्रेसजस्तो बनाउन आग्रह पनि गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार