नेपाली बजारमा साताको पहिलो कारोबारका दिन आइतबार सुन र चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० तोकिएको छ। गत शुक्रबार प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको छ। जसको मूल्य गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रूपैयाँ तोकिएको थियो।
त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले बढेको छ। आज एक हजार १९० रूपैयाँ तोकिएको महासंघले जनाएको छ।





