Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रतिनिधिहरूसँगै लाइनमा बसेर खाना खाँदै प्रधानमन्त्री देउवा


नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशन प्रतिनिधिहरूसँगै लाइनमा बसेर खाना खाएका छन्। यस्तै उनले आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग भोटसमेत मागिरहेका छन।

कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरू एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत मागेका हुन्।

त्यसपछि उनले महाधिवेशन प्रतिनिधिहरूसँग काठमाडौंको बसाइँका बारेमा सोधपुछसमेत गरेका थिए। खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर उनले भृकुटीमण्डपमा रहेका प्रतिनिधिहरूसँग सोधेका बताइएको छ।
उनले काठमाडौंमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझावसमेत दिएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार