Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

साताको पहिलो दिन शेयर बजारमा पहिरो, ८९ अंकले घट्यो बजार


साताको पहिलो दिन सेयर बजारमा पहिरो गएको छ। बजार आज ८८ दशमलव ७० अंकले घट्दा नेप्से परिसूचक दुई हजार तीन सय ६१.२७ को विन्दुमा झरेको छ।

दुई सय २८ सूचीकृत कम्पनीको ७२ लाख २३ हजार २ सय ४० कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज मञ्जु फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, युनिलिभर, स्वाभलम्बन लघुवित्त, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बाँकी सबैको मूल्य ओरालो लागेको छ।

 


प्रतिक्रिया दिनुहोस !
विचार