Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

दोस्रो चरणमा निधि र सिंहको समर्थन कसलाई ? दिए यस्तो प्रतिक्रिया


नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा पहिलो चरण नतिजाविहीन भएको छ । अब सभापतिलाई शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोश्रो चरणमा प्रतिशपर्धा हुने भएको छ ।

नतिजा बाहिरिएसँगै अब दोस्रो चरणको चुनावमा कसलाई सघाउने भन्ने विषयमा निधि र सिंहबीच मंगलबार बिहान टेलिफोन वार्ता भएको छ । दुई नेताबीच आ–आफ्नो टिमसँग छलफल गरेर कसलाई सघाउने भन्ने विषयमा निर्णय लिने सहमति भएको बताइन्छ ।

कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएपनि ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतले साथ दिएन । दोस्रो स्थान हासिल गरेका डा। शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् ।

यसअघि निधि र सिंहले दोस्रो चरणमा कोइरालालाई सघाउने बताउँदै आएका थिए । दोस्रो चरणको मतदान अजै गराउने तयारीमा निर्वाचन समिति रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस !
विचार