Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

पौडेलको चियापान कार्यक्रममा देउवा पनि सहभागी


कांग्रेस महाधिवेशनमा सभापति पदको निर्वाचन लम्बिएर दोस्रो चरणको स्साकस्सी चलिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले चियापान कार्यक्रमका आयोजना गरेका छन् । पौडेलले लैनचौरमाबिहानैदेखि चियापान कार्यक्रम राखेका हुन् ।

कार्यक्रममा देशभरका महाधिवेशन प्रतिनिधिसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका छन् । यसअघि शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै नेता पौडेलविरुद्ध नाराबाजी भएको छ ।

सभापतिमा प्रत्यासी पाँच नेताहरू कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि आजै दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणमा नेता प्रकाशमान सिंहले देउवालाई सघाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार