Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सभापतिमा देउवा विजयी भएपछि गगन थापाले दिए यस्तो प्रतिक्रिया


नेपाली कांग्रसका युवा नेता गगन थापाले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदै पार्टीलाई थिति र विधिमा चलाउन आग्रह गरेका छन्। नेता थापाले समुन्नत नेपालको अभियान र पार्टी रूपान्तरणको मुद्दामा आफूहरू सधै देउवासँग सहकार्य गर्ने स्पष्टसमेत पारेका छन्।

‘आदरणीय शेर बहादुर देउवा ज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु’, उनले भने, ‘समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुनेनै छ।’

थापा महामन्त्रीका उम्मेद्वार छन् । महामन्त्रीको मतगणना आजै हुने भएको छ । सभापतिपछि महामन्त्रीमा को विजयी हुन्छन् भन्ने चासोको विषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार