Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

देउवालाई प्रचण्डको बधाई, भने : खुसी भएँ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
नेपाली काग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा पुनः निर्वाचित भएकोमा देउवालाई बुधबार टेलिफोनमार्फत बधाई दिएका हुन् ।
अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच करिब १० मिनेट कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । प्रचण्डले देउवा पुनः सभापतिमा निर्वाचित भएकोमा आफूलाई खुसी लागेको बताएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार