Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सिलवाललाई राखेपमा पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश


राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आफूलाई पदमा फर्कन सर्वोच्चले अन्तरिम आदेश दिएको सिलवालले  बताए । उनलाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार