Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

क्यानलाई चार क्रिकेटरको यस्तो चेतावनी


नेपाल क्रिकेट संघ (क्यान)को कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ललगायत ४ जना खेलाडीले कारबाहीको निर्णयमा पुनर्विचार गर्न अपील गरेका छन् । क्यानले मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरे। आफ्नो हक अधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही हुने हो भने ब्याट र बल छोड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउने चेतानवी दिए ।

मल्लले वार्ताबाट समस्याको समाधान गर्नुपर्ने बताए ।  उनले क्यानले वार्तामा बोलाएर खेल्ने वातावरण बनाए राष्ट्रिय टिमबाट खेल्ने बताए । संवादका लागि हामी सधैं तयार छौं।


प्रतिक्रिया दिनुहोस !
विचार