Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

अनिवार्य क्वारेन्टाइनको व्यवस्था अध्यागमन विभागद्धारा स्थगित


अध्यागमन विभागले कोरोना भाइरसको नयाँ भेरियन्ट –ओमिक्रोन) भेटिएसँगै बिभिन्न देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई स्थगित गरेको छ ।
भेरियन्ट फैलिएका ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था थियो । तर, विभागले शनिबार एक सूचना जारी गरी अर्काे सूचना नआएसम्मका लागि उक्त व्यवस्था स्थगित भएको जनाएको छ । विभागले शुक्रबार मात्रै सूचना जारी गरी होटल क्वारन्टाइनमा बस्नुपर्ने उल्लेख गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार