Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु


पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। लालबन्दी नगरपालिका–९, बस्तीपुरमा सोमबार बिहान दुर्घटनामा ट्रकको ठक्करबाट जनज्योति माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १७ वर्षीय दीपेन्द्रकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।

चन्द्रनगर गाउँपालिका–१, रतनपुरका दीपेन्द्र सोमबार बिहान ट्युसन पढ्न जाँदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको प्रहरी निरीक्षक थापाले बताए। सडक पार गर्न खोज्दा ट्रकले ठक्कर दिएको बताइएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नमुना अस्पताल हरिवन पुर्‍याइए पनि चिकित्कसले मृत घोषणा गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार