बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको बताए ।
आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको छ । कम्प्लेक्समा कार्यरत कर्मचारीलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।
आगो कसरी लाग्यो भन्ने खुलेको छैन । आगो अन्य फ्लोरमा सल्किने खतरालाई मध्यनजर गर्दै प्रहरीले आवश्यक पूर्वतयारी गरिरहेको छ ।






