बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनीको मृत्यु भएको महानगरीय प्रहरी वृत कमलपोखरीका डिएसपी मीनबहादुर क्षेत्री कुँवरले जानकारी दिए।
सोमबार दिउँसो मोडल कलेजको बाथरुममा ग्यास गिजरमा नुहाउने क्रममा उनी बेहोस भएका थिए। त्यसपछि उपचारको क्रममा अस्पताल लगिएका युवक सनहीको मृत्यु भएको डिएसपी कुँवरले बताए।
कलेजको लापरबाहीको कारण सनहीको मृत्यु भएको भन्दै आज बिहानै देखि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। मृतकका आफन्त, कलेज प्रशासन र प्रहरीबिच घटनाको बारेमा छलफल भइरहेको छ। सहनी कक्षा १२ मा अध्ययनरत थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।








