सिके राउतका कार्यकर्ताहरुले सिराहामा सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् ।
एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार-पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको पाण्डेले बताए ।
किसानहरूले गहुँको बिउ लुटेर लगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा सीके राउत नेतृत्वको जनमत पार्टीले आज औरही गाउँपालिका बन्द आह्वान गरेको थियो ।





