नेपाली कांगे्रसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकहरुको अधिकारको संरक्षण गर्नु सरकारको मात्र दायित्व नभएर समाज र परिवारको पनि दायित्व रहेको बताएका छन् ।
ज्येष्ठ नागरिक दीवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु सबैको कर्तव्य भएको बताएका हुन् ।
परापूर्वकालदेखि चल्दै आएको मातृदेवो भवः पितृदेवो भव, भन्ने हाम्रो संस्कार अनुसार आफूभन्दा ठूलालाई देवता समान सम्मान र आदर गर्ने व्यवहारलाई निरन्तरता दिनु सबैको कर्तव्य भएको प्रधानमन्त्री देउवाको भनाई छ ।
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा ज्येष्ठ नागरिक दिवस प्रत्यक बर्ष पुस ११ मा मनाइन्छ ।





