Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

आसपासमै किन पासो लगाए किशोर-किशोरीले ?


कैलालीमा दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरीको शव फेला परेको छ । कैलालीको गौरीगंगा नगरपालिका-३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जोशीले जानकारी दिए ।

गौरीगंगा नगरपालिका-३ का वडाध्यक्ष जगतराम चौधरीले प्रहरी अनुुसन्धान गरिरहेको र हालसम्म मृत्युको कारण पत्ता नलागेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार