सोलुखुम्बुको दूधकोशी जलविद्युत आयोजनामा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरको पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापा रहेका छन् ।फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार पाइप पड्किएर उनीहरु बेहोस भएकोमा ओखलढुङ्गास्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बले जनाएको छ ।





