जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जारी वर्षा भोलिसम्म निरन्तर रहनेछ । भोलि दिउँसोबाट क्रमिक रुपमा मौसम सुधार हुँदै जानेछ । ‘पश्चिमी क्षेत्रबाट क्रमिक रुपमा बिहीबारदेखि क्रमिक रुपमा मौसम सुधार हुँदै जाने छ’, मौसमविदले भनेका छन्, ‘तर बदली तथा केही स्थानमा वर्षाको अवस्था भने कायम नै रहने छ ।’
मौसमविदका अनुसार बुधबार रातिसम्म देशभर बदली तथा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ । त्यसपछि क्रमिक रुपमा मौसममा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार विशेष गरी पश्चिमी क्षेत्रबाट मौसम खुल्दै जाने र क्रमिक रुपमा मध्य तथा पूर्वी क्षेत्रमा पनि सुधार हुने मौसमविदले बताएका छन् । हिउँदे पानी परेपछिका बिहानको समयमा अत्यधिक चिसो हुने र दिउँसो घमाइलो हुने गर्छ ।आज न्यूनतम र अधिकतम तापक्रमबीचको फरक कम हुने हुँदा दिनभर नै जाडो हुनेछ ।





