Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

समुदायमा फैलियो ओमिक्रोन भेरियन्ट


भारतको दिल्ली राज्य सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन्। स्वास्थ्य वैज्ञानिकहरुका हालैका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए।

अनुसन्धानबाट ओमिक्रोनको संक्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना संक्रमणका ४० प्रतिशतभन्दा बढी संक्रमितहरु ओमिक्रोनकै भएको बताए।

‘अनुसन्धानबाट यो देखिएको छ कि यहाँका संक्रमितहरुमा ओमिक्रोनको संक्रमण बढी देखिएको छ‚’ मन्त्री जैनले भने‚ ‘त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ। त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ।’

उनले कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको बताए। उनले भने‚ ‘यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको संक्रमण पुगेको छ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार