Logo
११ आश्विन २०८३, आईतवार
|  Sun Sep 27 2026

आज बढ्यो सुनचाँदीको मुल्य, कति पुग्यो तोलाको ?


आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ७ सयले बढेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको छ ।

यस अघि शुक्रबार सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार २७० मा कारोबार भैरहेको महसंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार