Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

५० लाखसहित सौर्य एयरलाइन्सका कर्मचारी त्रिभुवन विमानस्थलबाट पक्राउ


सौर्य एयरलाइन्सको उडानबाट विराटनगर हुँदै काठमाडौं आइपुगेको ५० लाख रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले सो रकम लिन आएको अवस्थामा सौर्य एयरलाइन्समै कार्यरत रेशा शाक्य पोखरेललाई पक्राउ गरेको हो ।

शनिबार दिउँसो १ बजेर ५५ मिनेटमा विराटनगरबाट काठमाडौं आएको सो विमानमा रहेको रातो रङको ब्याग चेकजाँच गर्दा लुकाइछिपाइ राखेको रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउको कार्टुनभित्र सो रकम फेलापरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट स्रोत नखुलेको १ हजार दरको ४ हजार ९५० थान र ५०० दरको १०० थान गरी जम्मा ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरी वरिष्ठ उपरिक्षक मैनालीले बताए। बरामद रकमसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !
विचार