Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

वृद्धालाई गाडीले ठक्कर दिएर फरार रहेका मन्त्रीका छोरा पक्राउ


वृद्धालाई गाडीले ठक्कर दिएर फरार रहेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्। बबीलाई ज्यान मुद्दामा पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

पुस २ गते टीकापुरमा बबीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन्। ती वृद्धाको उपचारका क्रममा पुस ११ गते मृत्यु भएको थियो।

प्रहरीले उनलाई खोजी गरिरहेको थियो। अब बबीलाई ज्यान मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइने जोशीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार