Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते


कपिलवस्तुमा ट्र्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु४त २४०२ नंको ट्र्याक्टर मंगलबार बिहान दुर्घटना भएको थियो।

बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो। मृत्यु हुनेमा ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।

यसैगरी, दुर्घटनामा परी बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार