Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन छापावाल सुन प्रतितोला ९२ हजार २०० रूपैयाँ तोकेको थियो। बुधबार प्रतितोला ९२ हजार ८०० रूपैयाँ मूल्य तोकिएको छ।

यस्तै‚ बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९१ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले बढेर एक हजार २६० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !
विचार