Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

बाघको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु


बाँकेमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ। राप्ती सोनारी गाउँपालिका वडा नं ६ अब्रहवाकी चाँदनी थारुको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

थारु साथीहरुसहित बाँके राष्ट्रिय निकुञ्ज नजिकैको वनमा माघीका लागि पात टिप्न गएकी थिइन् । थारुलाई पात टिप्न गएको ५, ६ जनाको समूहकै बीचबाट झम्टिएर बाघले लगेपछि अरुले भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।

दुई दिनअगाडि मात्रै बाघको आक्रमणबाट घाँस काट्न गएकी राप्ती सोनारी ४ की ५३ वर्षीया लिला विष्टको ज्यान गएको थियो । बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा पाटे बाघको जोखिम रहेको भन्दै बाँके राष्ट्रिय निकुञ्जले सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार