Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

नोबेल मेडिकल कलेजमा आन्दोलन थप चर्कियो,टायर बालेर विद्यार्थीको प्रदर्शन


एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए ।

प्रदर्शनपछि विद्यार्थी संगठनका नेताहरुले अतिरिक्त शुल्क मिनाहा नगरेसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् । अनेरास्वीयू केन्द्रीय सचिवालय सदस्य भाष्कर खनालले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिने निर्णय फिर्ता गरेर विद्यार्थीलाई पठन पाठन गर्ने व्यवस्था गर्न माग गरे ।

विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो । विद्यार्थीले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् भने उनीहरूले मेडिकल शिक्षामा देखिएको माफियागिरी अन्त्य गर्न माग समेत राखेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार